MS Word मा आफ्नो Tab (ट्याब) कसरी बनाउने
Step 1: Word Options खोल्ने
- Microsoft Word खोल्नुहोस्।
- माथिल्लो-बायाँ कुनामा रहेको File मेनुमा क्लिक गर्नुहोस्।
- बाँयातर्फ तलतिर रहेको Options मा क्लिक गर्नुहोस्।
Step 2: Customize Ribbon जाने
- Word Options विन्डोमा बाँयातर्फको सूचीबाट Customize Ribbon रोज्नुहोस्।
- दायाँपट्टि Main Tabs नामको सूची देखिन्छ।
Step 3: नयाँ Tab बनाउने
- दायाँपट्टि New Tab बटनमा क्लिक गर्नुहोस्।
- New Tab (Custom) चयन गरेर Rename बटनमा क्लिक गर्नुहोस्।
- तपाईं चाहेको नाम टाइप गर्नुहोस् (जस्तै: प्रश्न पत्र निर्माण)।
- New Group (Custom) पनि Rename गरेर उपयुक्त नाम दिनुहोस् (जस्तै: अक्षर, प्रारूप)।
Step 4: ट्याबमा चाहिने कमाण्डहरू राख्ने
- बाँयातर्फको ड्रपडाउनबाट Popular Commands वा All Commands रोज्नुहोस्।
- तपाईंलाई चाहिने कमाण्ड (जस्तै अक्षर ठूलो, सानो, गाढा, अन्डरलाइन, रंग, हाइलाइट आदि) छान्नुहोस्।
- Add >> मा क्लिक गरेर आफ्नो समूहमा पठाउनुहोस्।
- यस्तै गरेर अन्य चाहिने टुलहरू थप्नुहोस् — उदाहरण:
- अक्षर ठूलो/सानो
- अक्षर ठूलो/सानो
- गाढा (Bold)
- अन्डरलाइन
- अक्षरको रङ्ग
- अक्षर हाइलाइट
- बायाँ, बीचमा, दायाँ मिलाउने
- बुलेट, नम्बरिङ
- लाइन स्पेसिङ
- बर्डर
- फोटो, आकार, चिन्ह, टेबल
- पेज मार्जिन, ओरिएन्टेसन, कॉलम
Step 5: समूह र क्रम मिलाउने
- तपाईं ट्याब भित्र थप समूह (New Group) बनाएर टुलहरू अलग–अलग राख्न सक्नुहुन्छ (जस्तै: अक्षर, हरफहरू, फोटो/टेबल/चित्रहरू, पेज सेटिङ)।
- ड्र्याग गरेर समूहको क्रम मिलाउन सकिन्छ।
Step 6: सुरक्षित गर्ने
- सबै सेटिङ पूरा भएपछि OK मा क्लिक गर्नुहोस्।
- अब तपाईंको नयाँ प्रश्न पत्र निर्माण ट्याब Word मा देखिन्छ।
Customize Ribbon Download
थप जानकारी – अर्को कम्प्युटरमा प्रयोग गर्न
यदि यही ट्याब अर्को कम्प्युटरमा राख्न चाहनुहुन्छ भने:
File → Options → Customize Ribbon मा जानुहोस्।
तल Import/Export मा क्लिक गर्नुहोस्।
Export all customizations रोजेर फाइल सेव गर्नुहोस्।
अर्को कम्प्युटरमा Import customization file प्रयोग गर्नुहोस्।
